वि.सं. २०७६ भाद्र १० गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अगस्ट २७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन अनि कुनै मुहूर्त पनि जुरेको देखिंदैन । भाद्रपद कृष्णपक्ष (गुँलागा) द्वादशी तिथि, बेलुका १०:५७ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, पुनर्वसु नक्षत्र, बेलुका १०:४९ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा मिथुन राशिमा, साँझ ०५:०५ बजेसम्म, त्यसपछि कर्कट राशिमा, सिद्धि योग, बिहान ०७:३६ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा कौलव करण दिउँसो ११:४५ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका १०:५७ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:३९ बजे, सूर्यास्त : साँझ ०६:३० बजे, दिनमान : ३२ घडी ०७ पला (१२ घण्टा ५१ मिनेट, रात्रीमान : २७ घडी ५३ पला (११ घण्टा ०९ मिनेट)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज पराक्रम स्थानमा रहेको चन्द्रमाको प्रभावले सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्ने दिन हो । रोकिएका पुराना कामहरू सुल्झाउन प्रयास गरिने छ, अनि लगनशीलता र कडा मिहिनेतपछि अन्त्यमा सफलता नै प्राप्त हुने दिन छ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्न आज राम्रो दिन छ, तर राहु दूषित चन्द्रमा भएकाले जुनसुकै काम गर्दा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुनेछ । सामान्यतया मित्रवर्ग र साथीभाइले तपाईंको काममा साथ दिनेछन् । तर आज अर्काको भरपर्नु र कुनै काममा अरुको आशा नगरेको जाति हुन्छ । बन्दव्यापारमा सामान्यतया राम्रै छ । परोपकार र धार्मिक क्षेत्रमा खट्नु पर्ने छ । रातीअबेर चतुर्थभावमा चन्द्रमा पुग्नेछ, घरायसी समस्यामा अल्मलिनु पर्नेछ, परिवारका सदस्य बहकिने दिन हो, वातावरण देखेर खिन्नता र नैराश्य जाग्नसक्छ ।
शुभरङ्ग : गाढा नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण
के नगर्ने : घमण्ड
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल समय देखिन्छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने समय छ । प्रशंसकहरू बढ्नेछन्, त्यस्तै सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रो फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । छात्रछात्रा मौखिक अभिव्यक्तिका क्षेत्रमा र प्रतियोगितात्मक क्रियाकलापमा सफल हुने समय छ ।
शुभरङ्ग : घिउ रङ
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने
के नगर्ने : अनावश्यक खानपान
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफ्नै राशिमा चन्द्रमा रहेकाले सामान्यतया आजको दिन राम्रो दिन हुनेछ । तर लामो समयदेखि तपाईंको राशिमा राहु ग्रहसमेत रहेकाले गरेका कामकाजमा कसैको सहयोग र सद्भाव मिल्न कठिन हुनेछ । आफन्तले पनि कुरा सुनी दिंदैनन् । आत्मविश्वासमा कमी आउने छ । त्यस्तै पछाडि बसेर तपाईंका कुरा काट्ने र खुट्टा तान्नेहरूसित सतर्क रहेर काम गर्नुपर्ने हुन्छ । घरमा परपाहुनाको चाप बढ्न सक्छ । यद्यपि जेजस्तो परिणाम प्राप्त भए पनि मनमा उत्साह र उमङ्गको उदय हुने समय छ । त्यस्तै बेलुका धनभावमा चन्द्रमाको प्रवेश हुनाले मन पर्ने वस्त्र, अलङ्कार आदि खरिद गर्न धनको जोहो हुनसक्छ । आर्थिक कारोबारमा शुभ सङ्केत पाउन सकिन्छ ।
शुभरङ्ग : सिन्दूरे रातो
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने
के नगर्ने : हडबड र शीघ्रता
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सुरुमा द्वादश भावमा चन्द्रमा भएकाले आर्थिक पक्ष असन्तुलित बन्नसक्ने समय छ । सरसामान र गहनागुरिया हराउने वा चोरी हुने डर पनि देखिन्छ । तर आज साँझ तपाईंको आफ्नै राशिमा चन्द्रमाको प्रवेश हुँदैछ । त्यसैले दिउँसोदेखि उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । सामान्यतया आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । कुनै दीर्घकालीन योजना कार्यान्वयन गर्नु छ भने रातीअबेर वा भोलिदेखि मात्र सहज हुने देखिन्छ ।
शुभरङ्ग : सेतो वा बैैजनी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दान, धर्म, परोपकार
के नगर्ने : रिसराग, उद्वेग र क्रोध
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
उदयकालमा राज्य स्थानमा रहेको चन्द्रमाको प्रभावले आज केही महत्त्वपूर्ण कार्य सम्पन्न हुने समय छ । सरकारी काम वा प्रतिस्पर्द्धात्मक क्रियाकलापमा सफलता मिल्नेछ । कुनै पनि काममा अल्छीपना र लापरवाही गर्नुहुँदैन, नत्र आफ्नै व्यस्तता वा लापरवाहीका कारण अन्तिम घडीमा कुनै काम बिग्रने खतरा देखिन्छ । अतः जुनसुकै काममा साथीभाइ र इष्टमित्रको सहयोग लिएको राम्रो हुन्छ । दूरदराज वा लामो दूरीको यात्राबाट लाभ लिन सकिने छ । विवादको योग पनि छ, त्यसैले मुखलाई नियन्त्रणमा राख्नुहोला । घरायसी वातावरणमा केही समस्या देखिन सक्छन् । राती बाह्रौं भावमा चन्द्रमा जाने भएकाले अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने सम्भावना छ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । मातापिता र अभिभावकवर्गको इच्छानुसार गरेका हरेक काममा सफलता र सम्मृद्धि पाउने समय छ । यद्यपि कर्मक्षेत्रमा चन्द्रमाका साथमा बसेको राहुको प्रभावले पेसा, व्यवसाय वा नोकरीमा संलग्न व्यक्तिले भनेजस्तो सफलता नपाउन सक्छन्, तर निराश हुनुपर्दैन । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । पापमतितर्फ आकर्षण तथा परोपकार र धार्मिक भावनामा विकर्षण बढ्नाले कर्मनाश हुनसक्छ, सचेत रहनु होला । झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । चिन्तनमूलक काममा सफलता प्राप्त हुनेछ । प्रेम र प्रणयतर्फ सफल हुनुहुन्न ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : महालक्ष्मी
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने
के नगर्ने : लोभ र मोह
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज शत्रु नै भए पनि कसैको आलोचना वा विरोध नगर्नु राम्रो हुन्छ, नत्र भाग्यभावमा रहेको चन्द्रमाको शुभप्रभावमा कमी आउनाले भाग्यनिर्माणको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । तपाईंका विचार र भावनालाई बेवास्ता गर्नेहरूको क्रियाकलापले मनमा विरक्तिको भाव बहन सक्छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्, विचार गर्नुहोला । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन् । काम गर्दा सुरुमा एक्लोपनको अनुभूति भए पनि अन्त्यमा सहयोगी र सद्भाव राख्नेको मद्दत पाउने दिन हत्र ।
शुभरङ्ग : सेतो वा पहेंलो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : कुलगुरु/शिवजी
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग
के नगर्ने : आडम्बर र ढोंगीपन
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हुन त आज बेलुका भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि दिनभरि अष्टम भावमा चन्द्रमा रहने भएकाले परिस्थिति विपक्षमा नै रहने सङ्केत छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग चित्त नबुझ्न सक्छ । बोलीमा संयमता अपनाउनु पर्छ किनकि भनेको कुराले विपरीत अर्थ वहन गर्नेछ । नयाँ साथीभाइलाई झट्ट विश्वासमा लिनु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दाम्पत्य जीवन पनि निराशापूर्ण नै रहने छ । दिउँसोबाट निराशाको क्रमशः अन्त्य हुँदै जानेछ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्
के नगर्ने : असुरक्षित यात्रा
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रातःकालमा सातौंभावमा चन्द्रमा रहेका मनमा उमङ्ग र उत्साह देखिने छ । तर लामो समयदेखि यसै भावमा रहेको राहु ग्रहको प्रभावले प्रेमसम्बन्ध वा प्रणयप्रसङ्गमा असमझदारी बढ्ने समय छ । सरकारी जागिरेले धनार्जन गर्ने वा प्रशंसा पाउने समय त आएको छ, तर कामको चाप बढ्ने र फुर्सत नहुने लक्षण छ । बन्दव्यापारमा राम्रै प्रतिफल मिल्नेछ । समय दिन नसक्नाले पारिवारिक जीवनमा सामान्य किचलो र विवाद हुने सम्भावना हुन्छ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । रातीअबेर आठौं भावमा चन्द्रमाले प्रवेश गर्दैछ, त्यसैले स्वास्थ्य वा खानपीनमा सतर्कता अपनाउने वेला आएको छ ।
शुभरङ्ग : गुलाबी वा सिन्दूरे
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : परिवारमा अधिकतम समय दिने
के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन सकिन्छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर छैटौं भाव अर्थात् रोगस्थानमा चन्द्रमा रहेकाले आहारविहारमा ध्यान पुर्याउनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । छात्रछात्राले परीक्षा वा प्रतिस्पर्द्धामा सफलता आर्जन गर्ने दिन हो ।
शुभरङ्ग : हलुका सेतो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भगवान् शङ्कर
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने
के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मबल बढ्ने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बन्धुबान्धव र दाजुभाइका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया/प्रेमको वातावरण बन्नेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । ठूलाबडाले सहयोग गर्नेछन् । खासगरी आजको दिन बौद्धिक क्षेत्रका व्यक्तिका लागि उत्कृष्ट दिन हो । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ ।
शुभरङ्ग : हलुका नीलो वा हरियो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने
के नगर्ने : बुद्धिको दुरुपयोग
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
उदयकालमा चतुर्थ भावमा चन्द्रमा र राहु ग्रहको युतिसम्बन्ध देखिन्छ । त्यसैले अहिलेको समय परिवारभित्र र वरपरका विविध समस्यामा रुमल्लिनु पर्ने समय छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा अरुले औंलो ठड्याउने समय छ । तर घरबाहिर वा परदेशमा बस्नेका लागि सफलता र सन्तुष्टि बटुल्ने समय छ । कतै छोटो दूरीको यात्रा पनि हुनसक्छ । बेलुका चन्द्रमाले पाँचौं घरलाई छुनेछ, त्यसपछि दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । आत्मीयजन, आफन्त वा छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ । बेकारका कुरामा नअलमलिनु राम्रो हुन्छ, प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ ।
शुभरङ्ग : रातो वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : भगवती दुर्गा
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने
के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता