वि.सं. २०७६ आश्विन ०२ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १९ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत पञ्चमी श्राद्ध, आश्विन कृष्णपक्ष (ञलागा) पञ्चमी तिथि, दिउँसो ०३:५० बजेसम्म, त्यसपछि षष्ठी तिथि, भरिणी नक्षत्र, बिहान ०६:५१ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, दिउँसो ०१:०८ बजेसम्म, त्यसपछि बृष राशिमा, हर्षण योग, बेलुका १०:२२ बजेसम्म, त्यसपछि वज्र योग, सुरुमा तैतिल करण दिउँसो ०३:५० बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०३:५४ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : पद्म, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : दक्षिण, वारशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:५० बजे, सूर्यास्त : साँझ ०६:०३ बजे, दिनमान : ३० घडी ३४ पला (१२ घण्टा १४ मिनेट, रात्रीमान : २९ घडी २६ पला (११ घण्टा ४६ मिनेट)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज तपाईंको राशिमा रहेको चन्द्रमाले धनस्थानमा प्रवेश गर्दैछ, धनधान्य र सुखसम्मृद्धितर्फ मनको आकर्षण रहने छ, तर नयाँ काममा हात हाल्नु बलियो समय छैन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन । श्रममूलक काममा निराशाको अनुभूति हुनसक्छ । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ । आज गरेको लेनदेनको कारोबारमा भनेजस्तो लाभ नमिल्न सक्छ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ । भर्खर चिनजान भएको व्यक्तिउपर ठूलो भरोसा नराख्नु राम्रो हुन्छ, नयाँ मित्रले धोका दिन सक्छ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ ।
शुभरङ्ग : सिन्दूरे रातो
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने
के नगर्ने : हडबड र शीघ्रता
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सुरुमा बाह्रौं भावमा रहेको चन्द्रमाले आज अपराह्नमा तपाईंको राशिमा प्रवेश गर्नेछ, बिहानको समय निराशाजनक रहे पनि साँझपख मन भुलाउने उपायको खोजी हुनेछ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।
शुभरङ्ग : सेतो वा बैैजनी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दान, धर्म, परोपकार
के नगर्ने : रिसराग, उद्वेग र क्रोध
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । परिवारका सदस्यले तपाईंका विचार र भावनालाई बुझिदिदैनन् । वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् ।
शुभरङ्ग : कालो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक काम र सरकारी गतिविधिमा अझ सक्रिय भइने छ । रोकिएका सरकारी काम सुल्झाउन सकिन्छ । आत्मबल र उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्द्धीहरू परास्त हुनेछन् । छात्रछात्राले परीक्षा र प्रतियोगितामा सफलता हासिल गर्ने दिन हो, स्याबासी र पुरस्कार पाउन सक्नुहुन्छ ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : महालक्ष्मी
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने
के नगर्ने : लोभ र मोह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बन्दव्यापारमा राम्रै छ र लगानीबाट राम्रै फाइदा बटुल्न सकिने छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भावना उत्पन्न हुनसक्छ, तर दिन ढल्दै जाँदा कर्मप्रति समर्पित भई खट्ने अनुकूलता मिल्नेछ । आज बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्ने दिन छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न सकिंदैन । काम र दायित्वको चाप बढ्नाले रतिराग तथा पारिवारिक सम्बन्धप्रतिको आकर्षणमा कमी देखिने छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । खटेजति सफलता पाइने योग छ, जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा अवश्यमेव लाभ मिल्ने समय छ । आज दाजु वा पिताको अपमान गरेमा कर्मनाश हुने दिन छ, सचेत हुनुपर्छ ।
शुभरङ्ग : सेतो वा पहेंलो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : कुलगुरु/शिवजी
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग
के नगर्ने : आडम्बर र ढोंगीपन
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रातःकालमा अष्टम भावमा रहेको चन्द्रमाले अपराह्नपछि भाग्यभावमा प्रवेश गर्नेछ, त्यसपछिमात्र चन्द्रमाको शुभ फल प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ, किनभने दिउँसो भाग्यभावमा चन्द्रमाको प्रवेश हुनेछ । पारमार्थिक कामप्रति चासो बढ्ने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्
के नगर्ने : असुरक्षित यात्रा
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने मध्याह्नभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ । मन मिल्ने साथीले चासो राख्ने र सरसहयोग गर्ने दिन छ । तर अपराह्नपछि अष्टम भावमा चन्द्रमाको प्रवेश हुनेछ । अव सतर्क, सजग र धैर्यताका साथमा काम गर्ने समय आएको छ । याद गर्नुहोला, हरेक काम ढिलोगरी सम्पादन हुने समय छ । साथीभाइ र समाजले तपाईंको भावनालाई बुझ्न सक्दैनन् । के गर्ने र के नगर्ने भन्ने कुरामा बेचैनी हुनसक्छ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ ।
शुभरङ्ग : गुलाबी वा सिन्दूरे
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : परिवारमा अधिकतम समय दिने
के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सूर्योदयकालमा छैंठौं भावमा रहेको चन्द्रमाको सकारात्मक फल नै प्राप्त हुनेछ । मावली वा आमाको आशीर्वाद प्राप्त हुने दिन हो । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना पनि छ ।
शुभरङ्ग : हलुका सेतो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भगवान् शङ्कर
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने
के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ । दिउँसो छैटौं भावमा चन्द्रमा जाने भएकाले मनमा घमण्ड र क्रोधको मात्रा बढ्ने परिस्थिति बन्ने दिन छ, संयम र अनुशासित भई अघि बढ्नु राम्रो हुन्छ । दिउँसोबाट व्यर्थका तर्क, बहस र वादविवादको परिस्थिति सिर्जना हुनेछ । विवाद भइ हाले पनि विजय र श्रेय तपाईंले नै पाउनु हुनेछ, तर पनि बढी नरौसिएकै राम्रो हुन्छ । आज आमा वा मामाको सल्लाहमा गरिएको काममा फाइदा हुनसक्छ ।
शुभरङ्ग : हलुका नीलो वा हरियो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने
के नगर्ने : बुद्धिको दुरुपयोग
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने परिस्थिति छ । हुनसक्छ, दिनभरि दुःख र झमेलाको परिस्थिति बन्नेछ, तर बेलुकीपख मनमा उमङ्ग र सन्तुष्टिको उदय हुनेछ । परदेशमा बसोबास गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न सक्छन् । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए पनि प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ । अपराह्नपछि बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने मौका मिल्नेछ । छोराछोरी र भाइबहिनीको भावना बुझेको राम्रो हुन्छ । दाम्पत्यसम्बन्ध सामान्य रहने छ ।
शुभरङ्ग : रातो वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : भगवती दुर्गा
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने
के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउने समय हो । सानोतिनो फुटकर यात्राको योग छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, आफ्नै पनि छाती वा पेटमा स्वास्थ्यगत समस्या देखिन सक्छन् ।
शुभरङ्ग : गाढा नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण
के नगर्ने : घमण्ड
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धार्मिक र सामाजिक काममा समय बित्ने दिन छ । बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ । कताकता भाग्यलाई दोष दिन मन लाग्नेछ । मनमा वैराग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ । तर आज गरिएको परोपकारको कामबाट रोकिएको काम बन्न सक्छ । साँझपख भाइबन्धु र साथीहरूसँग भुलिने अवसर मिल्नेछ ।
शुभरङ्ग : घिउ रङ
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने
के नगर्ने : अनावश्यक खानपान