वि.सं.२०७६ साल असोज ३० गते – आजको राशिफल : कन्या मध्यम, सिहं राम्रो

आजको राशिफल

वि.सं.२०७६ साल असोज ३० गते बिहीबार ईश्वी सन् २०१९ अक्टोबर १७ तारिख नेपाल संवत् ११३९ परिधावी संवत्सर दक्षिणायन शरद ऋतु श्रीशाके १९४१ कार्तिक कृष्णपक्ष तिथि चतुर्थी,५८ घडी २६ पला,रातको ०५ बजेर २७ मिनेट उप्रान्त पंचमी नक्षत्र कृतिका,२३ घडी १७ पला,दिउसो ०३ बजेर २४ मिनेट उप्रान्त रोहीणी,योग व्यातिपात,५६ घडी ०८ पला,रातको ०४ बजेर ३२ मिनेट उप्रान्त वरियान करण बव,बेलुकी ०५ बजेर २७ मिनेट उप्रान्त वालव,रातको ०५ बजेर २७ मिनेट उप्रान्त कौलव आनन्दादिमा लुम्ब योग चन्द्रराशि बृष काठमाडौंमा सूर्योदय ०६ बजेर ०५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट दिनमान २८ घडी ३६ पला आश्विन मसान्त। विश्व गरिबी निवारण दिवस

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,)

नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् परिवारका साथ रमाईलो बाताबरणमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ

बृष(,,,,वा,वी,वू,वे,वो)

लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ

मिथुन(का,की,कू,,,,के,को,हा)

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनिति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ अध्ययन अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ

कन्या (टो,पा,पी,पू,,,,पे,पो)

लगनशिल तथा मेहनेती भई काम गर्नाले दैनिकी परिवर्तन हुनेछ सम्मानजनक जिम्मेवारि बहन गर्ने जिम्मेवारि प्राप्त हुनेछ भने बिशिष्ट व्याक्तिहरुको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ पढाई लेखाईमा मन जानेछ भने उत्कृष्ट नतिजा ल्याउदै अग्र स्थानमा तपाईको नाम आउनेछ धर्म सस्कृति तथा रितिरिवाजको पालन गर्दै समाजमा स्थापित सस्कारको जगेर्ना गर्ने कामका तपाईको भुमिका महत्वपुर्ण हुनेछ

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला पढाई लेखाईमा खर्चिएको समय कम हुँने हुँनाले अरुभन्दा पछि परिनेछ भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे)

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुनेछ

मकर(भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेको छ प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको योग रहेकोछ आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययन तथा अध्यापनमा बाधा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ

मीन(दी,दू,,,,दे,दो,चा,ची)

मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ

तपाईको दिन शुभ रहोस् ज्योतिषी तारानाथ भण्डारी

Post Comment