आजको राशिफल हेर्नुहोस : कात्तिक १२ गते । मंगलबार । अक्टोबर २९ तारिख

आजको राशिफल हेर्नुहोस : कात्तिक १२ गते । मंगलबार । अक्टोबर २९ तारिख
आजको राशिफल

वि.सं.२०७६ साल कात्तिक १२ गते । मंगलबार । ईश्वी सन् २०१९ अक्टोबर २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि प्रतिपदा,०४ घडी ०५ पला,बिहान ०७ बजेर ५१ मिनेट उप्रान्त द्धितीया । नक्षत्र विशाखा,५० घडी १४ पला,रातको ०२ बजेर १८ मिनेट उप्रान्त अनुराधा । योग आयुष्मान,३० घडी ५१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त सौभाग्य । करण बव,बिहान ०७ बजेर ५१ मिनेट उप्रान्त वालव,बेलुकी ०७ बजेर ०२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि तुला,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ०६ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २० मिनेट । दिनमान २७ घडी ५० पला । गोवर्द्धन पूजा, नेपाल संवत् ११४० प्रारम्भ (न्हू दया भिन्तुना)। यमद्वितीया, भाइटीका (किजा पूजा),तिहार (यम-पञ्चक) समाप्ति।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो सिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाई अरुदिन भन्दा खस्केर जानेछ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । कामको लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरु सँग सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको माध्याम बाट काम बन्नेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । माया प्रेममा सामिप्यता बढेर जानुका साथै भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

Post Comment