वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि त्रयोदशी,०८ घडी १९ पला,बिहान १० बजेर ११ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र कृतिका,५९ घडी ०२ पला । योग शिब,२६ घडी २४ पला,बेलुकी ०५ बजेर २५ मिनेट उप्रान्त सिद्ध । करण तैतिल,बिहान १० बजेर ११ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा गद योग । चन्द्रराशि मेष,बिहान ११ बजेर ३३ मिनेट उप्रान्त वृष । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५६ पला । मानव अधिकार दिवस।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पारिवारिक माहोलमा जमघट भई रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ । आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनीति तथा समाजसेवाको क्षेत्रमा जनताको मनजिति कामगर्न सकिने हुँनाले पछिको लागि पद प्राप्ति हुने योग रहकोछ । भौतिक तथा विलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ भने पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ समय ब्यातित गर्न सकिने समय रहेकोछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न हुनेछ । बिहानको समयमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने प्रयत्न गर्दा पुराना बाकि रहेको रुपैया पैसा उठ्नेछ । एक साथ अनेक काम गरि आम्दानि बढाउँन सकिनेछ । दाजुभाईको सहयोगले उत्पादनमुखि कामहरु गर्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रबाट आयस्रोतमा बृद्धि हुनेछ । भौतिक बस्तु तथा स्थाई सम्पति प्राप्तीको योगलाई नकार्न सकिदैन । सानो लगानि गरि काटिने चिठ्ठाबाट नसोचेका धन प्राप्त हुँने योग रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिभिन्न अवसर आएपनि समयमा सजक नबन्दा पछि परिनेछ । छोटो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । भौतिक तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गनुहोला बढिनै उत्साहित हुदा नकारात्मक परिणाम आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिको सहयोग नपाईने योग रहेकोछ । साथिभाई तथा आफन्त जनसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि स्वास्थ्यमा समस्या देखिनेछ । अरुकै काममा व्यस्त हुनुपर्दा आफ्नो काम थाति रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । बिहानको समयल मध्ययम रहेकोले आफन्त तथा आमासँग टाडिनु पर्ने बाध्यता आउनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
तपाईको दिन शुभ रहोस् ।