आजको राशिफल : मंसिर २८ गते । शनिबार । डिसेम्बर १४ तारिख

आजको राशिफल : मंसिर २८ गते । शनिबार । डिसेम्बर १४ तारिख
आजको राशिफल

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । नक्षत्र आद्रा,०१ घडी ३६ पला,बिहान ०७ बजेर २६ मिनेट उप्रान्त पुनर्वसु । योग शुक्ल,१२ घडी ५७ पला,बिहान ११ बजेर ५८ मिनेट उप्रान्त ब्रम्ह । करण गर,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त वणिज,बेलुकी ०९ बजेर १३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मुद्गर योग । चन्द्रराशि मिथुन । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफन्त,छिमेकी तथा दाजुभाई सँग साना तथा घरायसि कुरामा राज बाजिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँनेछ छैनन भने विवादमा सामेल नहुनु होला । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग घरायसि कुरामा मनमुटाब सिर्जना हुने सम्छ ध्यान दिनुहोला । खेलकुद क्षेत्रमा सहभागि हुनेहरुका लागि समय मध्ययम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययन तथा अध्यापनमा मन नजादा हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । अध्ययनमा अलि बढि सयम दिन सके सफलता हात लाग्ने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउँन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुँने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापारमा प्रशस्त समय दिएमात्र आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहनेछ । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउँन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाई सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । स्वास्थ्यले साथ दिने हुदा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिचको सम्बन्ध सुमधुर हुनेछ । राजनितिमा समय लगानि गर्नेहरुले जनताको काम गर्न सक्दा पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । बल तथा बुद्धिको प्रयोग गरि फाईदा लिन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् ।

तपाईको दिन शुभ रहोस् ।

Post Comment