वि.सं.२०७६ साल पौष ०१ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि षष्ठी,४९ घडी ५१ पला,रातको ०२ बजेर ४१ मिनेट उप्रान्त सप्तमी । नक्षत्र मघा,५० घडी ४२ पला,रातको ०३ बजेर ०९ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग विष्कुम्भ,४६ घडी १३ पला,रातको ०१ बजेर २१ मिनेट उप्रान्त प्रिती । करण गर,दिउसो ०३ बजेर ५४ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा काल योग । चन्द्रराशि सिंह । काठमाडौंमा सूर्योदय ०६ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २५ घडी ५० पला । पौष संक्रान्ति।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुँने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुँनाले मन खिन्न हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । बोलिको प्रभाव बढ्ने तथा कर्म क्षेत्रमा तपाईको कामको उच्च मुल्याङकन हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाईने योग रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुँने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिधिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यावसायमा सदाभन्दा आम्दानि बढिनै हुनेछ भने माया प्रेमको गाठो कसिलो भएर जानेछ ।
तपाईको दिन शुभ रहोस् ।