आजको राशिफल : पौष १९ गते । शनिबार । जनवरी ०४ तारिख

आजको राशिफल : पौष १९ गते । शनिबार । जनवरी ०४ तारिख
आजको राशिफल

वि.सं.२०७६ साल पौष १९ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी ०४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि–नवमी,४० घडी ३९ पला,बेलुकी ११ बजेर १३ मिनेट उप्रान्त दशमी । नक्षत्र–रेवती,०४ घडी ११ पला,बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त अश्विनी । योग– शिव,४० घडी ०६ पला,बेलुकी १० बजेर ५९ मिनेट उप्रान्त सिद्ध । करण– बालव,बिहान १० बजेर १८ मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मिन,बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २० मिनेट । दिनमान २५ घडी ५७ पला । बिहान ०८ बजेर ३७ मिनेटबाट पञ्चक समाप्ति ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनीति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । नया काम पाउने तथा नोकरिमा मान सम्मान पाईने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारि जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ । बिहानको समयमा गरिएका कामबाट ढिलामात्र प्रतिफल आउनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पहिलेदेखि रोकिएर बसेका वा थाति रहेको कामहरु दाजुभाईको सहयोगमा सम्पादन गर्न सकिनेछ । छिमेकि तथा आफन्तको साथ पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले चाहेजस्तो नतिजा हातलागि हुँने योग रहेकोछ । भाग्यले साथ लिने हुँनाले व्यापार व्यावसायमा थोरै लगानि गर्दापति मनग्गे नाँफा कमाउँन सकिने समय रहेकोछ माया प्रेम तथा प्रणय सम्बन्धमा

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Post Comment