भोलीको राशिफल : माघ २६ गते । आईतबार । फेब्रुवरी ०९ तारिख

भोलीको राशिफल : माघ २६ गते । आईतबार । फेब्रुवरी ०९ तारिख
आजको राशिफल

वि.सं.२०७६ साल माघ २६ गते । आईतबार । ईश्वी सन् २०२० फेब्रुवरी ०९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– पूर्णिमा,१६ घडी ४३ पला,दिउसो ०१ बजेर २९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– अश्लेषा,३४ घडी ५८ पला,बेलुकी ०८ बजेर ४८ मिनेट उप्रान्त मघा । योग–सौभाग्य,२४ घडी १३ पला,बेलुकी ०४ बजेर ३० मिनेट उप्रान्त शोभन । करण– बव,दिउसो ०१ बजेर २९ मिनेट उप्रान्त बालव,रातको १२ बजेर ३२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कर्कट,बेलुकी ०८ बजेर २९ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ०६ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेट । दिनमान २७ घडी ३१ पला । श्रीस्वस्थानी व्रत समाप्ति। माघस्नान समाप्ति। सिपुन्ही। माघयात्रा। झापामा कीचकवध मेला।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित बिषयमा सहभागि नहुँनु होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ । साना साना कामबाट प्रसस्त आम्दानि हुने हुनाले व्यावसायमा थप लगानि गर्ने बाताबरण बन्नेछ । आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेभएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने तथा औषधि उपचार खर्च बढेर जाने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुँने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुँने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आश्वासन बाढ्ने तथा काम गर्दिन्छु भनेर रुपैया पैसा माग्नेहरुदेखि सजक रहनुहोला फसाउँन सक्छन् । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथिसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा हुनेछ । पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Post Comment