आजको राशिफल : चैत्र १८ गते । मंगलवार । मार्च ३१ तारिख

आजको राशिफल : चैत्र १८ गते । मंगलवार । मार्च ३१ तारिख
आजको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ कामको योजना बन्न सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । तर वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

सन्तानपक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । कार्यमा अवरोध आउला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ नै रहला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा भय उत्पन्न हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

सामाजिक काम अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्तसंग भेटघाट होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । परिवारसंग समय बित्नेछ ।

Post Comment