वि।सं।२०७६ साल चैत्र २९ गते । शनिबार । ईश्वी सन् २०२० अप्रिल ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– चतुर्थी,४६ घडी ३१ पला,रातको १२ बजेर २२ मिनेट उप्रान्त पंचमी । नक्षत्र– अनुराधा,४८ घडी ५७ पला,रातको ०१ बजेर २० मिनेट उप्रान्त ज्येष्ठा । योग– सिद्धि,०२ घडी ४६ पला,बिहान ०६ बजेर ५१ मिनेट उप्रान्त व्यातिपात । करण–बव,दिउसो ०१ बजेर १३ मिनेट उप्रान्त बालव,रातको १२ बजेर २२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४१ पला ।
मेष – चू,चे,चो,ला,लि,लू,ले,लो,
चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।
बृष – ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् । घर परिवारमा आफन्तबिच राय बाजिनेछ । पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ ।
मिथुन- का,की,कू,घ,ङ,छ,के,को,हा
पढाई लेखाईमा मन नजाने हुँनाले प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुँनेछन् । व्यापार व्यावसायमा घाटा हुनेछ । प्रेममा धोका हुँन सक्छ ध्यान दिनुहोला । सरसफाई तथा स्वास्थ्यमा ख्याल गर्नुहोला ।
कर्कट- ही,हू,हे,हो,डा,डी,डु,डे,डो
माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । तरपनि सरसफाई तथा स्वास्थ्यमा ख्याल गर्नुहोला ।
सिहं-मा,मी,मू,मे,मो,टा,टी,टू,टे
सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुलेनै दाबि गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाई लेखाई बिग्रनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
कन्या-टो,पा,पी,पु,ष,ण,ठ,पे,पो
बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुँनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्निबिच राय बाजिनेछ । बाहिरि बाताबरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धि समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वाताबरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते
बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा विश्वासको बाताबरण थप मजभुत हुँनेछ भने घर परिवारमा एक अर्काबिच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।
बृश्चिक -तो,ना,नी,नू,ने,नो,या,यी,यू
सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने तथा नहुँने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुँन सक्छ । आफन्त तथा साथिभाईहरुले नै रुपैया पैसा लिएर फरार हुन सक्छन् । खुट्टा तान्ने तथा फसाउँनेहरु देखि सजक रहनुहोला । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमि हुँनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
धनु-ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । माया प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।
मकर-भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी
पढाई लेखाईमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पारिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ-गू,गे,गो,सा,सी,सू,से,सो,दा
आफन्त तथा साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनिति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।
मीन-दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
धार्मिक कार्यमा मन जानेछ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ । भिडभाडको यात्रा नगर्नुहोला । स्वास्थ्यमा समस्या आउँन सक्छ खानपानमा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।