आजको राशिफल : वैसाख ०२ गते । मंगलबार । अप्रिल १४ तारिख

आजको राशिफल : वैसाख ०२ गते । मंगलबार । अप्रिल १४ तारिख
आजको राशिफल

वि.सं.२०७७ साल वैसाख ०२ गते । मंगलबार । ईश्वी सन् २०२० अप्रिल १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि–सप्तमी,३८ घडी ५५ पला,बेलुकी ०९ बजेर १६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– पूर्वाषाढा,४६ घडी ५५ पला,रातको १२ बजेर २८ मिनेट उप्रान्त उत्तरषाढा । योग– शिव,४२ घडी २८ पला,रातको १० बजेर ४१ मिनेट उप्रान्त शिद्ध । करण–भद्रा,बिहान ०९ बजेर ३१ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर १६ मिनेट उप्रान्त बावल । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २७ मिनेट । दिनमान ३१ घडी ५२ पला । भक्तपुरमा महाकाली, महालक्ष्मी यात्रा। मध्यपुर थिमिमा बालकुमारी यात्रा। टोखामा चण्डेश्वरी मूलरथ यात्रा। मिथिलामा जुड(शीतल पर्व ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ । तरपनि वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।
वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ । तरपनि वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । सत्रुहरु आफै किनारा लाग्नेछन् । तरपनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मन्दिको सामना गर्नुपर्नेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । तरपनि स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आत्मबल मजभुत हुने हुँदा जस्तो सुकै चुनौतिको सामना गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । आमा वा आमा सरहका मानिसबाट भनेजस्तो समर्थन पाईनेछ । अध्ययन अध्यापनमा राम्रो स्थान प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायमाला लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शाहष तथा पराक्रममा बृद्धि हुनेछ । बहुप्रतिक्षित ईच्छा तथा आकांक्षाहरु पुरा हुनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले स्कुल तथा कलेजमा सफल व्याक्तिको परिचय बन्नेछ । पराक्रम भावमा गाचर गर्ने मध्ययम चन्द्रमाले व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि न्यून घाटा लाग्नेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समयमा काम नबन्नाले आय आर्जन घट्ने तथा सापटि लगिएका रकमहरु समयमा फिर्ता हुनेछैनन् । व्यापारमा लगानि गरेपनि आम्दानि कम हुनेछ । आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् । समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । तरपनि स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Post Comment