काठमाडाँै, २४ वैशाख । साहित्यकारले छन्द काव्यको प्रयोग हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
छन्द काव्य बचाउ अभियानले आज छन्द काव्य परम्पराः हिजो, आज र भोलि विषयक अन्तक्र्रियामा साहित्यकारले छन्द काव्यको प्रयोग हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा डा विष्णुराज आत्रेयले नेपालमा आयातीत शब्द भित्रिएर साहित्यमा पनि यसले प्रभाव पारेकाले छन्द काव्यको प्रयोग घट्दै गएको बताउनुभयो ।
कार्यपत्रमा छन्द कविता लेख्ने कविले अहिले भावनामा हाइकु, मुक्तक लेख्न थालेकोले पनि छन्द काव्य हराउँदै गएको उल्लेख गर्नुभएको छ । प्राडा आत्रेयले हराउँदै गएको छन्द काव्यलाई जोगाउन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा छन्द काव्य बचाउन अभियानका अभियन्ता अरविन्द रिमालले छन्दको गलत प्रयोग गरेर छन्द हराउँदै गएको धारणा राख्नु भयो । “साहित्यकारले छन्दलाई व्यावहारिक रुपमा प्रयोग गर्न थाले” उहाँले भन्नुभयो । कार्यक्रममा डा रामप्रसाद ज्ञवालीले छन्द ज्ञानको पुस्तान्तरण र नयाँ पुस्तालाई हस्तातरण नहुँदा हराउँदै गएको बताउनुभयो ।