काठमाडौँ, ३१ वैशाख । नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको हीरक जयन्तीका अवसरमा विभिन्न विषयलाई समेटेर सिर्जित मोबाइल आकारका चार हाइकुसङ्ग्रह आज ललितपुरमा सार्वजनिक गरिएको छ ।
नेपाल हाइकु केन्द्रले यहाँ आज आयोजना गरेको कार्यक्रममा पत्रकार युवराज घिमिरेले साहित्यकार रामकुमार पाँडेको ‘आँखाको नानी’, मित्रबन्धु पौडेलको ‘सन्ताप’, सुष्मा मानन्धरको ‘आराध्य’ र सुमी लोहनीको ‘अनुपमा’ शीर्षक हाइकुसङ्ग्रह सार्वजनिक गर्नुभयो । प्रत्येक सङ्ग्रहमा ५० हाइकु समावेश गरिएको छ ।
त्यसैगरी नेपाली हाइकु पत्रिकाको भूकम्प सबन्धमा विभिन्न हाइजिनले सिर्जना गरेको ‘कम्प काव्य’ विशेषाङ््कको विमोचन साहित्यकार शान्तिनारायण श्रेष्ठले गर्नुभयो । सोही अवसरमा हाइजिन श्रीहरि फुयाँल, सुधीर खोबी, दिव्य गिरी, धर्मराज राजकर्णिकार, रमेश खनाल, रामदयाल राकेश लगायत १५ हाइजिनले वर्षा ऋतुसम्बन्धी हाइकु वाचन गर्नुभयो ।
सो अवसरमा पत्रकार घिमिरेले नेपाली साहित्यका लागि हाइकुको विशेष महत्व रहेको बताउँदै त्यसलाई सञ्चारमाध्यमबाट प्रकाशन÷प्रसारण गरिने जानकारी दिनुभयो । केन्द्रका अध्यक्ष रामकुमार पाँडेले केन्द्रले यस वर्षभरि हाइकुसम्बन्धी नयाँ नयाँ कार्यक्रम गरिने बताउनुभयो ।
साहित्यकार इन्द्र माली लगायतले साहित्यिक क्षेत्रको एउटा विशिष्ट विधा हाइकु प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो