जुलाई १६, २०१६। अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा २०३ औं भानु जयन्तिको संगै साहित्यिक कवि गोष्ठि सम्पन्न भयो ।
नर्थग्लेन स्थित एक चर्जमा भएको कार्यक्रम भानुभक्तको तस्विरमा माल्यार्पण गरि सुरु गरिएको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम बिश्वकर्माको प्रमुख आतिथ्यता तथा एटर्नि बिनोद रोक्काको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा १५ जना भन्दा बढी कवी, कवयत्री, तथा सर्जकहरुले आफ्नो सृजना प्रश्तुत गरेका थिए ।
कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार,व्यवसायी, बाल बालीका तथा सर्वसाधरणको उपस्थितीले कार्यक्रमको रौनक बढाएको थियो ।
गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा भानु भक्तले नेपाली साहित्यमा पु¥याएका योगदान, मातृ भुमी नेपाल र अमेरिकामा नेपालीहरुको अवस्था झल्काउन खोजिएको थियो । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरे पनि आफ्नो भाषा सस्कृती, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा दिनेश कार्किको प्रस्तुतीमा सम्पन्न साहित्यिक गोष्ठीमा रमेश गुरुङले भानुको परिचय संगै उनको कृतीले नेपाली साहित्यलाई दिएको योगदानको बारेमा प्रष्ट्याएका थिए ।
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।