अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आन्मा र नासाको संयुक्त १२ सम्मेलनका अबसरमा यही सेप्टेम्बर ४, २०१६ मा सेन्ट लुइस मिजौरीमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरका अध्यक्ष उर्मिला निर्दोषीको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्की रहनु भएको सो कार्यक्रममा संयुक्त सम्मेलनका संयोजक बलराम पन्थीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । साहित्यकारहरु गोबिन्द गिरी प्रेरणा र सिता पाण्डे निर्णायक रहनु भएको सो प्रतियोगितामा सिर्जना नेपाल प्रथम, स्वेता खनाल द्वितीय र आनन्दराम शर्मा कंडेल तृतीय हुनुभएको थियो ।
यसैगरी बाल कविता तर्फ रजत नेपाल र सार्थक श्रेष्ठ क्रमश: प्रथम र द्वितीय हुनु भएको थियो । कार्यक्रममा शुशिल शर्मा, गोबिन्द गिरी प्रेरणा, सिता पाण्डे, बलराम पन्थी, पदम बिश्वकर्मा, शैलेश पन्त, उर्मिला पन्थी, बसन्त खड्का, सिर्जना नेपाल, स्वेता खनाल, आनन्दराम शर्मा, राजा घले आदिले कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने बयस्क तर्फ क्रमश: ३००, २०० र १०० डलर र प्रमाणपत्र तथा बाल कविता प्रतियोगितामा प्रथम र द्वितीय हुनेहरुलाई गिफ्ट सर्टिफिकेट र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नासाका अध्यक्ष तथा अनेसासका सल्लाहकार बिमल नेपाल, आन्माका अध्यक्ष शुशिल शर्माले मन्तब्य प्रकट गर्नु भएको थियो ।
अनेसासका अध्यक्ष पदम विश्वकर्माले संस्थाका गतिबिधि, नेपाली साहित्यमा अनेसासले पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।यसैगरी प्रमुख अतिथि डा. कार्कीले बिदेशमा रहेर पनि स्वदेशी भाषाको उत्थानमा अनबरतरुपमा क्रियाशिल सम्पूर्णमा कृतज्ञता ज्ञापन गर्नु भएको थियो । सो अबसरमा प्रमुख अतिथि डा. राजदुतलाई अनेसास मिजौरी च्याप्टरका तर्फबाट च्याप्टर अध्यक्ष उर्मिला निर्दोषीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
अन्तमा सभापति निर्दोषीले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रम समाजसेबी तथा पर्यटनदुत रामचन्द्र खरेलले संचालन गर्नुभएको थियो ।