आमा हुन भगवान हाम्री यो जिन्दगी दिने
प्रसवको पिडा सही आफ्नो काखमा लिने
दश महिना कोखमा पाली दशधारा दूध दिने
आमा नै हुन हामी हॉस्दा खुब आनन्द लिने
हाम्रो लागी आफ्ना दुःख हाँसी हाँसी पिउने
आमा नै हुन संतानको खुशीको लाई जीउने
सानो छँदा हाम्रो लागी राम्ररी नसुत्ने
नानी रुदा एक्कै छिनमा झल्यास्स भै उठ्ने
खान दिन्छिन लाउन दिन्छिन जसरी तसरी
भन्नै गारो आमा हजुर पाल्दछिन कसरी
त्याग तपस्या बलिदानकी आमा देवी हाम्रो
माया दिने ममता दिने स्याहार गर्ने राम्रो
आमाको दुःख कष्टहरु कँहा गन्न सक्छौँ
के कति बलिदान दियो कँहा भन्न सक्छौँ
तर पनी त्याग तपस्या हामीले बुझ्नुपर्छ
आमाको चरणमा सधै यो शीर झुक्नुपर्छ
आमा हुन भगवान हाम्रो आमा देवी पनी
सके जति सेवा गर्ने हाम्ले ख़ुशी बनी
राम्रो गर्ने स्याहार सुसार बोल्ने मिठो बोली
सेवा लाउने माया दिने यो ह्रदय खोली
दश धारा दुधको कर्जा तिर्न सक्छ कस्ले
तर पनी मुक्ति पाँउछ कोसिस गर्छ जस्ले
सेवा गर्छ सके जती मन मन्दिरमा बसाई
दुधको ऋण पूरा हुन्छ जस्ले राख्छ हँसाई
सोचेको थिए के कुरा मैले ऐले यो के भयो
मुटुमा मेरो चोट लाग्यो ठूलो जसरी जे भयो
कल्पना सम्म गरेको थिईन यो दिननी आइदेला
मनको शान्ति मुहारको कान्ती दुखले खाइदेला
आत्मामा चोट जीवनमा खोट लाएर गैगयो
मनको इच्छा देखेको सपना अधुरो रैगयो
मुटुमा माया मनमा श्रद्धा पालेर बसेको
समस्या परी कर्मले हारी परदेशमा फसेको
सोचेको जस्तो मानेको जस्तो आज त भएन
न हाँस्न सक्छु न रुन सक्छु केही भन्नु रहेन
के कमी थियो श्रद्धामा मेरो बेवास्था गरे झैँ
ठान्दैछु मैले आफुलाइ ऐले म ज्यूदै मरे झैँ