प्रत्येक महिनाको अन्तिम शनिबार झैँ यस महिनाको अन्तिम शनिबार २५ गते भाद्र, २०७३ को दिन र्याण्डम रिडर्स सोसाइटी अफ नेपालको मासिक पुस्तक विमर्श श्रृंखलाको ६७ औँ शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ ।
कथाकार तथा पत्रकार राजेन्द्र पराजुलीको कथा सङ्ग्रह ‘शुक्रराज राज शास्त्रीको चस्मा’ माथि युवा समालोचक राजिन पनेरुको अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । कथा संग्रहमा भएका सकारात्मक एबम नकारात्मक दुवै पक्षहरुलाई समालोचक पनेरुले केलाउनु भएको थियो ।
कार्यक्रममा दर्शकहरुको कथा संग्रह र अबधारणा पत्र सम्बन्धि विभिन्न प्रश्न तथा जिज्ञासाहरुको लेखक राजेन्द्र पराजुली र समालोचक राजिन पनेरुले उत्तर दिनुभएको थियो।
उक्त कार्यक्रम सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको सभापतित्वमा भयको थियो। सस्थाका उपाध्यक्ष पत्रकार केशब शरण लामिछानेले स्रस्टा एबम कार्यपत्र प्रस्तोता र आगन्तुकहरुलाइ स्वागत गर्नु भएको थियो।
साहित्यप्रेमी रुपिन्द्र प्रभावीले संचालन गर्नु भएको यसै कार्यक्रम मार्फत अर्को महिनाको अन्तिम शनिबार हुने छलफल एबम कार्यक्रम बारे छोटकरीमा जानकारी समेत दिइएको थियो।