अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरका अध्यक्ष मनोज डाँगीको निधन

साहित्य

manoj-dangiअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोरिया च्याप्टरका अध्यक्ष मनोज डाँगीको ४० बर्षको अल्पायुमै निधन भएको छ ।

१९७६ मा संखुवासभाको चैनपुरमा जन्मेका डाँगी कोरियामा काठमाडौं रेस्टुराँका मार्फत ब्यवसाय गर्दै आएको थिए । सरस्वती माद्यामिक बिद्यालय, संखुवासभाबाट आफ्नो बिद्यालय जिवन सुरु गरेका डाँगीले विश्व भाषा क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मात्र नभएर नेपाल नै एक समाज सेवी,अति मिलनसार र होनहर व्यक्तित्व गुमाएको र आफुलाई यस खबरले अत्यन्तै दुखी बनाएको बताउनु भयो ।

अनेसास कोरिया च्याप्टरको जनवरी २०१६ भएको पुनर्गठन संगै डाँगी अध्यक्ष भएका थिए । डाँगीका १ श्रीमती र २ छोराहरु छन ।

Post Comment