लोकमान हराएको सूचना: नयाँ देउसी गीत २०१६

साहित्य

कुखुरी काँ
बासी भात खाँ
खै बासी भात ?
लोकमानले खायो
खै लोकमान ?
अख्तियारमा होला
लोकमानलाई अख़्तियारमा
कसले पठायो ?
प्रभुको कृपाले पायो
खै प्रभू ?
प्रचण्लाई सोध
खै प्रचण्ड ?
सिंहदरवारमा छिर्यो ।
सम्माननीय प्रचण्ड ज्यू !
भन के कामले आयौ ?
लोकमानलाई अख़्तियारमा
नियुक्ति कस्ले दियो ?
मने तिम्लाई कस्ले पठायो ?
अदालतले पठायो
मने अदालतलाई भन्दिनु
फायल हेर्नु पर्छ
खै फायल ?
मन्त्रीलाई सोध
खै मन्त्री ?
मन्त्रालयमा होला
खै मन्त्रालय ?
पुल्चोकतिर खोज ।
माननीय सामान्य प्रसासन मन्त्रीज्यू !
मन्त्रीलाई सामान्य मन्त्री भन्ने तिमी को हौ ?
अदालतको तामेलदार हुँ
अदालतको कर्मचारी सरुवा बढुवा
मन्त्रालयले हेर्दैन
तिमी आएकै बाटो जाऊ
म त्यसै आएको होइन मन्त्रीज्यू !
अदालतले पठाएर पो आएको
अदालतले किन पठायो लौ सुनाऊ
लोकमानलाई कस्ले नियुक्ति दियो ?
सक्कलै फायल चाहियो मन्त्री ज्यू
सक्कल फायल भुकम्पले उडायो
नक्कल चाहिए लोकमानलाई सोध ।
खै लोकमान ?
प्रचण्डलाई सोध
खै प्रचण्ड ?
बालुवाटारमा पस्यो ।
सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यू !
तिमी फेरि किन आयौ ?
मने लोकमानको फायल त पायौ ?
पाइएन सम्माननीयज्यू
लोकमानको फायल हरायो ।
फायल हरायो कि लोकमान ?
फायल लोकमानसँगै पनि होला
खै लोकमान ?
अदालतलाई सोध
खै अदालत ?
तामेलदारलाई सोध
खै तामेलदार
बडा सचिबलाई सोध
खै बडा सचिब ?
बिदामा होला ।
बिदा कस्ले दियो ?
राष्ट्रपतिलाई सोध
खै राष्ट्रपति ?
शितल निबासमा जाऊ ।
सम्माननीय राष्ट्रपतिज्यू !
खै लोकमान ?
घर बिदामा बस्यो ।
खै घर ?
दुलोमा पस्यो ।
खै दुलो
क्यानडा पस्यो ।
खै क्यानडा ?
प्रचण्डले कुल्चियो ।
खै प्रचण्ड ?
चुनाबले उडायो ।

Post Comment