पुल त्यसै तरिन्न
ईच्छा हुन्छ लक्ष्यकाे सगरमाथा चुम्नु
अठाेट हुन्छ गन्तव्यकाे रेखा टेक्नु ।
सिर्जनाकाे रंगमा सजिएकी
उ अर्थात तरकारीवाली
जिऊभरि पसिनाकाे गन्ध बाेकेर
जिम्मेवारीकाे डाेकाे खन्याउन
पक्कै पुलपारी रहरैले हिँडेकी हैन ।
जीवनकाे अाधा सपना नदेख्दै
क्यामेरामा उसैकाे सिंगाे कद अटाउँदा
के उसले अाफ्नाे फक्रँदाे जीवनकाे रंग
बुझेकी थिई हाेला र ?
अलिकति चुहाएकाे मुस्कान
स्निग्ध अनि शान्त चेहरा
साँच्चै उसले माेनालिसालाई माथ खुवाउन
नाैटकीं गरेकै हैन
ए कवि हाे ! सुन
उसले पीडा लुकाएकी हाे
केवल जीवन ज्यूँने शृङ्खलामा ।
पुग्नुछ उसलाई अाफ्नाे मनकाे राज्यमा
अनि जित्नुछ संसारलाई
त्यसैले त बिहान व्यूँझनुअघि
कम्प्युटरकाे माउस हल्लाउने काेमल हातमा
नाम्लाे हुन्छ
विश्व नियाल्ने अाँखामा अामाबुबाकाे सपना हुन्छ
अनि हुन्छ काँधमा समाज बदल्ने जिम्मेवारी ।
त्यसैले त अाज ऊ कुसुम मात्रै नभई
सबैकाे प्यारी हिम्मतवाली तरकारीवाली बनेकी छे ।