पहाडमा जन्मेको म, हुर्की खेलें मधेसमा
बाँचुन्जेल केहि गरी, मर्न पाउँ यै देशमा
पहाडबाट झर्नेलाई, तराइको बानी मिठो
तराइबाट चड्नेलाई, पहाडको पानी मिठो
हराभरा फूल देखि, बगैंचाको माली सम्म
मिलिजुली बस्न पाउँ, मेचीदेखि कालीसम्म
सुम्पिनदिउँ कसैलाई, आफ्नो घरको तालाचावी
चोटा कोठा मझेरीमा, फेरी तिनै होलान् हावी
माटो हाम्रो पानी हाम्रो, छड्के नजर पराइको
रक्षा गरौँ सबै मिली, हिमाल पहाड तराइको