धर्ती र आकाश – निशा अर्याल

साहित्य

nisha-aryalअष्टाबक्र महागीता भाग १ लाई आधार मानेर कवितामा मेरो कुदिएका भावाहरुमा तल केही भन्न गइ रहेको छु ।

सीता पृथ्वी हुन । राम हुन आकाश । यी दुबैको मिलन हो रामलीला । राम कथा सजिलो र सरल छ पढ्नेको लागि । पृथ्वी र आकाशको मिलन । राम लीला प्रत्येक मानिस भित्र घटि रहेको जीवनको कहानी । हाम्रो शरीर सीता । हाम्रो आत्मा राम । हामी भित्र दुबैको मिलन हुन्छ ।

पृथ्वी र आकाशको । मर्त्य र अमृतको । राम कथालाई बुझ्न सक्दा, हामी सधै महाभारत सिरियल हेर्छौ , मिठास मानेर सुन्छौ तर थाहा छैन कत्तिको गुन्छौ ? यसलाई बुझ्न सक्यौ भने थाहा हुन्छ न हामी राम हौ न सीता । हामी त राम लिलाका साक्षी पो राहेछौ । राम लिला हेरेर पुण्य हुन्छ अरे । यदि हामीले बुझ्यौं पृथ्वी र आकाशको मिलनलाई भने अनि हामीले बुझ्न सक्ने छौं पदार्थ र चैतन्यको मिलनलाई पनि ।

प्रत्येक भित्र जन्मिन्छ राम लिला । हामी त द्रष्टा हौं । रामलिला समाप्त भएपछि न त्यहाँ राम हुन्छन न सीता । खेल समाप्त हुन्छ । यस खेलको समाप्तिलाई हामी भन्छौं मुक्ति , मोक्ष , निर्माण ….!

“धर्ती र आकाश “

मलाई त कविता फुर्न छाडे,
वर्षात झैँ बर्सिने आँशु
म भाव शून्य भएर रोकिए,
पीर ब्यथा गुन्य भएँ
भाव विभोर भएर आउने,
भौतिक अभौतिक पीडाले चुहाउने
आँशु खै …!
हरायो? कता छचल्किए ?

हर्ष खुशीको स्रोतहरू शून्य भए,
ज्ञानेन्द्रीयका स्पर्शले तरंगित हुने,
स्नायुभित्रको चेतना शून्य हुदाँ खेरि,
तरंग वग्न छाडे, सायद …..!
त्यही शून्य जस्तै मेरो आत्मा,
महाशून्यमा विलीन हुन पुग्यो कि….?

त्यसैले होला म पनि मोक्ष भएँ …!
अनि सम्झिन छाडे सबैलाई ….
मेरो मन भित्र बसेको मायाँ..
त्यो स्नेहको घर भताभुंग भएर,
त्यसै भत्किदा खेरि ….!

त्यसैले होला सायद,
क्षितिजमा मिलनको आभास हुन्छ,
अन्नत ,निरन्तर तर,…
कल्पना र भावनको दृष्टि भित्र मात्र,
मानौ दुवैको संगम यस्तै हुन्छ !
आफू उभिएको धर्ती र
आकाशको मिलनको कल्पना,!

तर,
बिशाल धर्तीको हाम्रो,
दृष्टि पहुच गोलाइसँग,
अखण्ड व्यापक आकाशको,
सम्झौताको टुक्रा मात्र हो !

सूक्ष्म दृष्टिले मात्र अनुभूति हुन्छ,
हाम्रो क्षितिजको कल्पना,
विसाल ब्रह्माण्डमा अवस्थित,
अनेकौ ग्रह उपग्रहसँगको,
वास्तविकभन्दा धेरै टाढा हुन्छ !

जीव र ईश्वरको सम्बन्ध जस्तै ..!
कहिल्यै नटुंगिने यात्रा जन्म र मरण,
महाज्ञान भित्रको एक अंश,
सायद त्यसैले होला …
आकाश धर्तीलाई हेरिरहन्छ …
अनि,
धर्ती आकाशलाई ….!

 

Post Comment