समसामयिक बिषयमा खरो कलम चलाउने युवा लेखक महेश नेपाल कैदी भए

समसामयिक बिषयमा खरो कलम चलाउने युवा लेखक महेश नेपाल कैदी भए
साहित्य
लेखक: महेश नेपाल

म कैदि भएँ
बिना कसुर जिन्दगिको

ज्यान मारेको हैन
सौता हालेको छैन
चोरी गरीनँ
घर फोरीनँ
डकैती गरीनँ
कसैलाइ लुटिनँ
तैपनी,
म कैदि भएँ
बिना कसुर जिन्दगीको ।

प्रहरीले पक्राउ गरेन
अदालतले अभियुत्त मानेन
समाजले कलंकित ठानेन
मेरा वरिपरी काँडेतार छैनन
सुरक्षा कर्मिले चौतर्फी घेरेका हैनन
तैपनी,
म कैदि भएँ
बिना कसुर जिन्दगीको ।

केहि पाएँ
धेरै गुमाएँ
अलीकती खुशी भएँ
धेरै टाउको समाएँ
कसैको नराम्रो सोचिनँ
कसैलाई ब्यत्तिगत असन्तुस्टि पोखिनँ
तैपनी,
म कैदि भएँ
बिना कसुर जिन्दगीको ।

जे सोचेथेँ त्यो पाईनँ
जे पाएकोछु त्यो सोचिनँ
न सोचेको पाएँ
न सोचेको भएँ
कसैलाई पनी गुनासो गरिनँ
रोजिरोटिको लागी कसैको पाउमा परीनँ
तैपनी,
म कैदि भएँ
बिना कसुर जिन्दगीको ।

Post Comment