अक्षरयात्राको १४५ औ श्रृङ्खला मियापाटन, पोखरामा (फोटो फिचर)

अक्षरयात्राको १४५ औ श्रृङ्खला मियापाटन, पोखरामा (फोटो फिचर)
साहित्य

खिम लामिछाने काजि, १६ भाद्र, पोखरा । “जिबन र जगतको यथार्थ बोधका अक्षरयात्रा” भन्ने मुल आदर्श वाक्यका साथ गजल सन्ध्या पोखरा र नबनित साहित्य सागरले गर्दै आएको अक्षर यात्राको १४५ औ श्रृङ्खला लोककबि अलिमियाको गाउ मियापाटनमा २० रचनाकारले आफ्नो रचनाहरु प्रस्तुत गरी सम्पन्न भयो ।

हरेक महिनाको तेश्रो शनिबार देशका बिभिन्न भागमा हुँदै आएको अक्षर यात्रा यस पटक पोखरा लेखनाथ महानगरपालिका वडा न १३ कुडहरको मियापाटनमा अरण्यज्योती पुस्तकालयको पेरिसरमा भएको हो ।

अक्षर यात्राहरुले लोक कवि अलिमियाको सम्झना गर्दै आफ्ना रचनाहरु प्रस्तुत गरेका थिय । लोककवि अलिमिया वाङमय प्रतिस्ठानको सहकार्यमा भएको अक्षर यात्रामा लोकगाकिका हरीदेवी कोइरालाले अलिमियाको सम्मानमा लेखिएको गीत सुनाइन । अलिमियाले लेखेको र उनी आँफैले गाएको “आकासमा बादलु टम्मै छ, मनमा के चाह भन्नेलाई सम्मै छ ।” गाएर सुनाइन ।


अलिमिया वाङमय प्रतिस्ठानका अध्यक्ष हनिफ मियाले कार्यक्रममा स्वागत गर्दै अक्षरयात्राले अलिमियाको सम्मान र सम्झनामा सघाउ पुर्याएको बताए ।

अरण्यज्योती पुस्तकालयका अध्यक्ष राजेन्द्र भण्डारीले यस्ता साहित्यिक अभियानले कला सस्कृतिको सम्मान तथा जगेर्ना र स्थानिय सृजनाले स्थानिय मौलिकता भल्काउने र उजागर गर्ने बताउदै शुभकामना दिए ।

अक्षरयात्राले सृजनामा कुडहर फाट, मियापाटन चौतारा र लोक कवि अलिमियाले गाउँने गीतलाई समेटेका थिय । कला, साहित्य, गीत संगीत र सस्कृतिको जगेर्ना गर्नु पर्ने जोड दिएका थिय ।

यो अक्षरयात्रामा रचना वाचन गर्नेहरु डा. बसन्त गौतम, तुलसी प्रभास, खिम लामिछाने काजी, शिवराज गौतम, धर्मराज पौडेल, सन्जिब पौडेल, प्रान्जल, त्रुपक, सरस्वती श्रेष्ठ सरु, रिता अधिकारी, सुनिता सापकोटा, मिर्मिसा पराजुली, माया कुँवर, गीता पहारी, प्रकाश पौडेल, दिपक त्रिपाठी, बिकास राना मगर, एशान अली, मोहन भण्डारी, प्रकाश आचार्य आदी रहेका थिय ।

गजल् सन्ध्या पोखराका अध्यक्ष अमृत सुबेदी र लोककवि अलिमिया वाङमय प्रतिस्ठानका अध्यक्ष हनिफ मियाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिब बसन्त बिनोदले गरेका थिय ।

अर्को महिनाको तेश्रो शनिबार ताङतिङमा अक्षरयात्राको १४६ औ श्रङ्खला हुने जानकारी सहीत कार्यक्रम सम्पन्न भयो ।

Post Comment