सुनिता को घर पुर्वी पहाडी जिल्ला ताप्लेजुङको एक बिकट गाउँमा पर्दछ। उनी बिगत लामो समयदेखि खाडि मुलुक मध्यको कुबेतमा एक अरबिको घरमा घरायसि कामदारको रुपमा कार्यरत छन् । उनको तलब पनि भनेको जस्तै छैन। जसोतसो महिनाको नेपाली ३५००० हजार रुपैयाँ उनलेे आफ्ना श्रीमानका नाम मा महिनैपिच्छे पठाउने गरेकिछन्।
जसरी उनले यहाँ काम गरेर महिनाको ३५००० हजार रुपैयाँ आफ्नो घरमा पठाएकिछन्।तर त्यो पैसा उनका श्रीमानलाइ कहिल्यै पनि मेरी श्रीमतीले बिदेशमा दुख गरेर पठाएकिछन् भनेर सोचाइमा आएन।बरु उनले उल्टै श्रीमतीले दुख:सुख गरेर बोर्डिङमा कक्ष ३ पढाउदै गरेकि उनकि ८ बर्षिया छोरी मनिता लाई बोर्डिङ बाट निकालेर सरकारी स्कुलमा भर्ना गर्दिन्छन्।यी सबै कारण हुन उनका कुलतका साथीहरू को सङ्गत र भबिस्यको कुनै चिन्ता नलिनु।
यता घरमा उनका बयोबृद्ध ६५ काटेका बाबु र ७० काटेकि आमा पनि छन् उनिहरुले दिनैपिच्छे नसम्झाएका पनि होइनन्।जसले जतिसुकै सम्झाए पनि मिनताका बाउको बुद्धि आएको थिएन।सधैंभरि को कुलतका साथीहरू को सङ्गत गाउँमा रहेका छाप्रे भट्टीको बास अनि कहिले जाँडले मातिएर मध्यरातमा गाउँमा कोहाहल मच्चाउदै हिड्ने। उता श्रीमतीले कुबेतका अरबिको घरमा कति चोटहरु सहेर रगत र पसिना बगाएर कमाएको त्यो पैसाको न कुनै सदुपयोग नै भएको छ घरमा।
यता घरमा रहेका आफ्ना बृद्धअबश्था का आमा बाबु ले छोराको सधैंभरि को यस्तो दिनचर्या देखेर। आफुले यस्तो गतिछाडा छोराको यस्तो गति देखेर बाच्नु भन्दा बरु मर्नु नै निको भन्ने सोचेर। एकदिन ६५ बर्षका बाबु ले घर नजिकै रहेको गाइको गोठमा गएर एउटा गाईको दाम्लो गोठमा झुन्डिएर आत्माहत्या गरे।सारा गाउँमा हल्लाखल्ला र रुवाबासी आमा त बेहोस नै भइन्। गाउँमा प्रहरी चौकि पनि नजिक थिइएन।करिब ४/५ घन्टाको पैदल यात्रा बाट पारीको गाउँमा मात्रै प्रहरी चौकि थियो। पुगिन्छ।सन्चार को माध्यमले आजभोलि त सबैलाई नजिकै पार्दिएको छ।
नभन्दै कुन्नि कसैले पारी गाउँमा रहेको प्रहरिचौकिलाई खवर गरिदिएछन्। प्रहरीले पनि गाउँमा रहेका वडाअध्यक्ष लाई कल गरेर घटनाको सम्पूर्ण बिबरण मागेछन्।उता कुबेतमा रहेकी बुहारीलाई पनि गाउँले कसैले खवर सुनाएछन्।डाको छोडेर रोइछन् बिचरी आफ्नै बुबा जस्तै हुनुहुन्थ्यो मेरा ससुरा बा भनेर।यतिकैमा पारी गाउँको प्रहरीचौकिबाट प्रहरीहरु आइपुगेछन्।अनि लासलाइ झुन्डिएको ठाँउबाट तल जमिनमा झार्ने काम भयो।सारा गाउँले हरु रुदै डाको छोड्दै बिचरा बा भन्दै कराउँदै थिए।यसैबीचमा वडाअध्यक्ष पनि आइपुगे र प्रहरीलाई सोधपुछ गर्न लागे।
लौन अब के गर्ने भनेर प्रहरीले पनि हामीलाई माथिको आदेश छ। हजुर लासलाइ त जिल्लामा जसरी पनि पोस्टमार्टम को लागि लानुपर्नेछ।सबै गाउँले हरुले मिनता का बाबु लाई गालि गर्दै भने। आफ्नो ब्यहोराको कारणले बाबुलाई मर्न बाध्य बनाइस् होइन। थुइक्क जँडिया तेरो खोपडिको बुद्धिकि बिर्को कहिले चाही खुल्नेछ।समय बित्दै गयो उता कुबेतमा रहेकि सुनिता पनि सशुराको बर्ष दिने काममा आउने तयारीमा थिइन।तर एकदिन सुनिता किनमेलका लागि मार्केट मा साहुको गाडिमा जादै थिइनन्।बाटोमा अचानक एउटा नसोचेको कहालिलाग्दो घटना घट्न पुग्यो।
सुनिताको साहुले चलाउँदै गरेको गाडीको अचानक ब्रेकफेल भएर बिपरित दिशातिर बाट आउदै गरेको एउटा बसमा एकदमै नराम्रो सँग ठोकियो अनि उक्त दुर्घटना भएको ठाँउ मै उनको साहु र उनको मृत्युु हुनपुग्यो।यता घरमा सशुराको बर्ष दिने काम पनि नजिकै आएको थियो। अचानक यो खवर गाउँमा कसैले सबैभन्दा पहिला उनकि छोरी मनिताले सुनाइदिएछन्। बिचरा १० बर्षे ती नाबालिका आफ्नि जन्म दिने आमाको कुबेतमा कार दुर्घटनामा परेर मृत्युको खवरले बेहोस भइछन्।
लेखक:छत्र लकाई खड्का हाल,मलेसिया