जाडो मौसम मलाई मनपर्छ: कौशिला भुषाल

जाडो मौसम मलाई मनपर्छ: कौशिला भुषाल
साहित्य
कौशिला भुषाल

किन किन जाडो मौसम मलाई मन पर्छ
यहि मौसममा निष्ठुरिको याद आउने गर्छ

लामो रात,छोटो दिन छिटै साँझ पर्दा खेरि
सुर्य लुकि चन्द्रमाले आफ्नो राज गर्ने गर्छ

साँझपख गोधुलीमा सिरसिर बतास चल्दा अझै
उसले दिएको चिनो सल समालिन्न यसै झर्छ

मनमा पीडा लुकाएर,बाहिर मुस्कान छर्ने देख्दा
काटिएको माया पनि, पलाउने आसा गर्छ

Post Comment