धारावासीको ‘ग्रेट फल्स ’ उपन्यासलाई अनेसास सर्बोत्कृष्ट पुरस्कार

धारावासीको ‘ग्रेट फल्स ’ उपन्यासलाई अनेसास सर्बोत्कृष्ट पुरस्कार
साहित्य

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा विश्वभरिका नेपाली साहित्यकारहरुका विभिन्न विधाका कृतिलाई प्रदान गर्दै आएको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार यस वर्ष पनि वितरण गरेको छ ।

उक्त कार्यक्रमका लागि अनेसासका पूर्व पदाधिकारीहरु ,अमेरिकाका विभिन्न राज्यहरुबाट आएका पदाधिकारी ,साहित्यकार,अतिथि तथा बिभिन्न संघरसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजदुत कार्कीले मन्तब्यका क्रममा बिदेशमा भाषा संस्कृतिलाई साहित्यकारहरुले गरेको योगदानको प्रशंसा गरेका थिए ।

अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालिकाहरुले नेपाली तथा अंग्रेजी दुवै देशका राष्ट्रिय गीत गाएका थिए । कार्यक्रममा केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुबेदी ,पूर्व अध्यक्षहरु ,बोर्ड अफ ट्रस्टीका सभापति डा श्याम कार्की , अनेसास बोर्ड अफ ट्रस्टिज् पुरस्कार समितिका अध्यक्ष सीता पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

तीन चरणमा भएको उक्त कार्यक्रममा उपन्यासकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रुपमा घोषित भएकोले पुरस्कार सहित अमेरिकी डलर ४१,५०० नगद प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा धरावासीको अंग्रेजी पुस्तक राधा,बिमला निरौलाको सिडी तथा नर्बेबाट आएका बैज्ञानिक संसार एक पाठशालाको समेत बिमोचन गरियो थियो ।
अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले आफूले प्राप्त गरेको २ हजार डलर रकम व्यक्तिगत रुपमा खर्च नगरी किताब प्रकाशनमा खर्च गर्ने घोषणा गरेका थिए ।

Post Comment