अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन मे ११ देखि १३ तारिख सम्म हुने भएको छ ।
न्यू ह्याम्सयार च्याप्टरको संयोजनमा हुन लागेको सम्मेलनमा अमेरिकाका बिभिन्न च्याप्टर सहित प्रत्येक देशका च्याप्टरहरुका सदस्य तथा नेपाली कला र साहित्य प्रेमीको उपस्थिती रहने छ ।
नेपाली शान देखिने बाजा गाजा , नृत्य गाना झाँकी सहित हुने साहित्यिक भेलालाई सफल बनाउन सहयोग र सहभागिताको लागी आयोजकले सबैमा अपिल गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र चाप्टर तथा नेपालबाट समेत चर्चित साहित्य हस्तीको उपस्थिती रहने सम्मेलनमा बस्ने र खाने व्यबस्था समेत गरिएको आयोजकले जनाएको छ ।