महोत्तरीको बर्दिवासमा पानी छोएको निहुँमा बुद्धमाया बिश्वकर्मालाई निर्घात कुटपिट गरेको घटनाले गर्दा आत्महत्या गर्ने प्रयास गरेकी छन् । जिल्ला अदालत महोत्तरीले कुटपिटमा संलग्नलाई हुनेलाई दोषी ठहर गरि कारवाही गरिएको छ । पीडित बुद्धमाया र उनकी छोरीलाई ५० हजार क्षतिपूर्ति दिन आदेश समेत दिएको छ ।
गाउँका समस्यालाई अदालतमा लिएर गएको र सजाय दिलाएको भन्दै समाजले अपहेलना गरेपछि उनले आत्महत्याको प्रयास गरेको उनकी छोरी मनिषाले बताएकी छन् । पानी छोएको निहुँमा स्थानिय दुई महिलाले बुद्धमायाको आमाछोरीलाई कुटपिट गरेका थिए ।वैशाख १६ गते वर्दिवास नगरपालिका ४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा उनीहरु माथि कुटपिट गरिएको थियो । कुटपिटमा संलग्नलाई ६ महिना जेल र १० हजार जरिवानाको फैसला अदालतले सुनाएको छ । तर, त्यसको दुई दिनपछि आत्महत्या प्रयास गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । तर उनीहरु अदालत पुगेपछि गाउंलेहरु आमा छोरीसंग बोल्नै छोडेको मनिषाले बताएकी छन् ।बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचारमा भइरहेको छ ।
उनको अवस्था अहिले सुधारोन्मुख रहेको हस्पिटलले जनाएको छ । स्वाथ्य अवस्थामा सुधार नआएपछि शनिबार बिहान उनलाई काठमाण्डु लगिएको छ । अदालतले फैसला सुनाएको केही दिन पछि नै ३५ वर्षे बुद्धमायाले विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् । प्रहरीमा जाहेरी दिएदेखि किन मुद्दा मामिला गरेको भन्दै गाउँलेहरुले मिल्न दबाव दिइरहेका थिए ।