भाइटीका बिशेष गजल- निष्प्रभ सजी

भाइटीका बिशेष गजल- निष्प्रभ सजी
साहित्य

गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु
तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु

पोहोर साल परार साल ओइलिएरै गयो फूल
बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु

सम्झना छ तिहारको टिका लाउने बेला अझै
बाङ्गो भयो टीका भन्दै रिसाउँथिस् पैले बाबु

बेग्लै भा’छस् फोटो हेर्दा डर लाग्छ अलिकती
साँच्चै भुलिस् भन्ने ठान्छु आइनस् भने ऐले बाबु !

– गजलकार: निष्प्रभ सजी

 

Post Comment