मनाङ, ३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा मनाङ जिल्लाबाट हालसम्म एउटा मात्र उजुरी परेको छ । पश्चिमाञ्चल क्षेत्र हेर्ने गरी क्षेत्रीय कार्यालय स्थापना भएपछि सबैभन्दा कम उजुरी मनाङबाट एउटा मात्र परेको अख्तियारले जनाएको हो ।
वन तथा वातावरणसँग सम्बन्धित उजुरी मनाङबाट परेको अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रमुख डिल्लीराम शर्माले जानकारी दिनुभयो । मनाङमा भ्रष्टाचारविरुद्ध उजुरी दिने परम्परा कम भएको र स्थानीयवासीमा सचेतना विस्तार नहुँदा उजुरी कम परेको बताउनुभयो ।