लहान, १८ जेठ । सप्तरी जिल्ला मधुपट्टी–४ बस्ने शिवनारायण चौधरीको नौ वर्षीय छोरा अन्जानकुमार चौधरीको आज ट्याक्टरले किच्दा मृत्यु भएको छ ।
स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत अन्जानकुमारलाई स१त ३२१० नम्बरको ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक बुधन सदालाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको छ ।