इनरुवा, १८ जेठ । सुनसरी सदरमुकाम इनरुवा–६ स्थित रहेको सुनसरी बहुमुखी क्याम्पसका प्राध्यापक विश्वरमण पोखरेलको आज असामयिक निधन भएको छ ।
दीर्घरोगबाट पीडित रहनुभएका पोखरेलको काठमाडाँैमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पोखरेलले क्याम्पसमा प्रध्यापन, बालिका माविका संस्थापकसँगै लेखापरीक्षकका रुपमा समेत काम गर्दै आउनु्भएको थियो । पोखरेलको निधनप्रति विद्यार्थी तथा मित्रजनले हार्दिक संवेदना तथा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।