राससकर्मी महतो सम्मानित

समाज

गौर, १८ जेठ । पत्रकारिताका माध्यमबाट शान्ति, प्रगति, समृद्धि तथा सद्भाव एवम् सामाजिक न्याय प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत राष्ट्रिय समाचार समिति (रासस) नारायणी अञ्चल प्रमुख शीतलप्रसाद महतोलाई आज यहा“ एक समारोहबीच सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजकसमेत रहनुभएका महतोलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन(युनेस्को) का निम्ति नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा कमलेश्वर सिन्हाले दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगद्वारा यहा“ आयोजित एक समारोहमा सहायक महासचिव सिन्हाले सामाजिक सद्भावको प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत नेपाल प्रेस युनियनका संस्थापक सदस्य एव्म ‘गोरखापत्र’ दैनिकका वीरगन्ज सामाचारदाता कन्हैयालाल केसरी र महासङ्घका रौतहट जिल्ला अध्यक्ष शैलेन्द्र्र्र्रप्रसाद गुप्तालाई पनि सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

सो अवसरमा सहायक महासचिव सिन्हाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अवरोध हुने खालका कुनै पनि गतिविधिलाई निरुत्साहित गर्नमा नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ भन्नुभयो ।

सम्मानित व्यक्तित्व महतोले राष्ट्रका मूलप्रवाहमा समेटिन नसकेका अल्पसङ्ख्यक, पिछडिएका र आवाज खोसिएकाको सशक्तीकरणका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा सहज पहु“च बढाउनुपर्ने बताउनुभयो ।