निजामती कर्मचारीलाई सार्वजनिक बिदा

समाज

काठमाडौँ, १८ जेठ । सरकारले निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचनका लागि बुधबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गरी निजामती कर्मचारीलाई मात्र सार्वजनिक बिदा दिइएको जनाएको छ । बुधबार मुलुकभर निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचन हुँदैछ । यस्तै विभिन्न मन्त्रालय, विभाग र निकायमा समेत निर्वाचन हुने भएकाले सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।