चट्याङ लागेर बालिकाको मृत्यु

समाज

इलाम, १८ जेठ । अविरल वर्षासँगै आज दिउँसो परेको चट्याङ लागेर इलामको महमार्इमा एक बालिकाको मृत्यु भएको छ ।

खेतका काम गरी घर फर्कने क्रममा वर्षासँगै परेको चट्याङ लागेर महमाई–६ कपरसुख्खाकी १४ वर्षीया यनिषा लिम्बूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो ।