जनकपुरधाम, १८ जेठ । धनुषा जिल्लाका सरकारी कार्यालयमा हालसम्म ५० प्रतिशत भौतिक विकासको काम सम्पन्न भएको छ ।
क्षेत्रीय प्रशासक र कर्मचारीबीच आज आयोजित छलफल कार्यक्रममा तराई– मधेसमा भएको आन्दोलन र नाकाबन्दीका कारण विकास निर्माणको काम प्रभावित भए पनि हाल सन्तोषजनक अवस्थामा रहेको जनाइएको छ ।
जिविसका अनुसार बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा ३२, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा ६२, जनकपुर उपमहानगरपालिकामा ४५, एकीकृत सहरी विकास परियोजनामा २६, जलप्रकोप उत्पन्न डिभिजन कार्यालयमा ४० र जिल्ला कृषि विकास कार्यालयमा ७८ प्रतिशत भौतिक विकासको कार्य सम्पन्न भएको छ ।
महिला तथा बालबालिका कार्यालयमा ६०, वन कार्यालयमा ६६, जनस्वास्थ्य कार्यालयमा ५५, शिक्षा कार्यालयमा ४५, गणेशमान चारनाथ नगरपालिकामा ३९, सडक डिभिजन कार्यालयमा ७९ प्रतिशत र क्षेत्रीय पशु रोग अन्वेषण कार्यालयमा शतप्रतिशत भौतिक विकास कार्य भएको छ ।
त्यस्तै धनुषाधाम नगरपालिकामा २५, जिल्ला पशु कार्यालयमा ६८, क्षीरेश्वरनाथ नगरपालिकामा सात, सबैला नगरपालिकामा ५५ र मिथिला नगरपालिकामा २६ प्रतिशत भौतिक विकास कार्य भएको छ ।
जिविस अन्तर्गत जिविस अनुदानमा ५०, गाविस अनुदानमा ४५, सामाजिक सुरक्षा कार्यक्रममा ६०, स्थानीयस्तरका सडक पुलमा ३२, झोलुङ्गे पुलमा ७५, निर्वाचन क्षेत्रमा २५ र सुनौलो हजार दिन कार्यक्रममा ४९ प्रतिशत भौतिक काम सम्पन्न भएको बताइएको छ ।
त्यस्तै जिल्ला प्राविधिक कार्यालयको पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रम (दुई वटा) २५ प्रतिशत र शतप्रतिशत, शान्तिका लागि विकास कार्यक्रममा ३१ प्रतिशत कार्य भएको छ ।
सो अवसरमा क्षेत्रीय प्रशासक मुकुन्दराजप्रसाद घिमिरेले लगानी अनुसारको प्रतिफल नआएको अवस्थामा गुणस्तरीयतालाई ध्यान दिनु जरुरी छ भन्नुभयो । प्रजिअ दिलीप चापागार्इंले निर्माण सामग्रीको समस्याका कारण पनि विकास निर्माणको काम प्रभावित भइरहेको तर्फ ध्यानाकर्षण गराउनुभयो ।