अछाम, १८ जेठ । मङ्गलसेन नगरपालिका– १ कुन्तिबण्डालीमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।
से१ज ५१९१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा मङ्गलसैन नगरपालिका– १ का ४५ वर्षीय मोतीबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा परी उहाँको छोरा १८ वर्षीय पूर्णबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।
ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम मङ्गलसैन फर्किदै गरेको सो ट्रयाक्टर सडकबाट २०० मिटर तल खसेको बताइएको छ ।