राजविराज, १८ जेठ । सप्तरीको छुट्टाछुट्टै स्थानबाट सोमबार प्रहरीले सात सय लिभन्दा बढी मदिरा बरामद गरेको छ ।
सप्तरीको फत्तेपुरबाट धरानतर्फ जाँदै गरेको को१ख ११४५ नंको सार्वजनिक भाडाको बसमा लुकाएर लगिँदै गरेको करिब ४० लि घरेलु मदिरा प्रहरीले जाँच गर्ने क्रममा कञ्चनरुप नगरपालिकाबाट बरामद गरिएको इलाका प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सप्तरीबाट खटेको प्रहरी टोलीले जोमनी मधेपुरा गाविस–१ का शिवनारायण साहका घरमा बनाइराखिएको सात सय लि मदिराको कच्चा पदार्थ बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । बरामद गरिएको मदिरा आजै खाल्डो खनेर नष्ट पारिएको बताइएको छ ।