भिरबाट खसेर स्वयम्सेविकाको मृत्यु

समाज

डोटी, १८ जेठ । डोटीको एक गाउँमा स्याउला काट्ने क्रममा भिरबाट खसेर एक स्वयम्सेविकाको मृत्यु भएको छ ।

जिल्लाको कफल्लेकी गाविस–८ बस्ने वर्ष ४८ की पार्वती खातीको मृत्यु भएको हो । जङ्गलमा स्याउला काट्ने क्रममा आइतबार सालको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । उनी खाती–८ खातीगाउँकी वडा स्वयम्सेविका थिइन् ।

दीपायलको कुलपाते नजिकै रहेको कोट भन्ने स्थानमा सालको रुखबाट खसेर समूहगाडमा रहेको पावर हाउसको भवन पछाडि करिब १५० मिटर तल खसी पार्वतीको मृत्यु भएको हो ।

यसभन्दा अगाडि त्यसै भिरबाट खसी पाँच जनाभन्दा बढीको मृत्यु भएको खाती गाउँका स्थानीय इन्द्र शाहीले बताउनुभयो ।