यस वर्ष पनि रोपाइँ महोत्सव

समाज

afh'/f lhNNffsf] al8dflnsf gu/kfnLsfdf kflg k/] ;+u} /f]kfO{ ug{ Jo:t x'g yfn]sf :yflgo s[ifsx? . M lgd]Gb| zfxL afh'/f, /f;;

पोखरा, २५ जेठ । परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को आयोजनामा आगामी असार १५ गते पोखरामा १३ औं असारे रोपाइँ महोत्सव हुने भएको छ ।

खेतीयोग्य जमिनको संरक्षणका साथै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरितसमेत गराउँदै परम्परागत कृषि प्रणालीको प्रचारप्रसारका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने सोचका साथ पोखरामा २०६१ सालदेखि लगातार १२ वर्ष यता रोपाइँ महोत्सव गरिँदै आइएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले महोत्सवको व्यवस्थापनका लागि डम्बरबहादुर केसीको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति र विभिन्न १८ उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।

महोत्सव आयोजक समितिका संयोजक डम्बरबहादुर केसीका अनुसार महोत्सवमा साउने प्रतियोगिता (हल गोरुको दौड), आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा खेलिने खेलहरू क्रमशः माछा समात्ने खुल्ला प्रतियोगिता, दौड प्रतियोगिता (नेपाली पुरुष र महिला) दौड प्रतियोगिता (विदेशी पर्यटक पुरुष र महिला) गरिने छ ।

त्यस्तै नेपाली र विदेशीबीच रस्सा कसी, पत्रकारको हिले दौड र विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरिनेछ । यस वर्ष पहिलोपटक स्थानीय एवम् कास्की जिल्लामा उत्कृष्ट कृषकलाई सम्मान गरिने भएको संययोजक केसीले जानकारी दिनुभयो ।

पछिल्ला समयमा स्वदेशी एवम् विदेशी पर्यटक माझ निकै लोप्रिय हुँदै गएको महोत्सवमा यस वर्ष २० देखि २५ हजारसम्म पर्यटकको सहभागिता हुने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद्का महासचिव रामु गौतमले जानकारी गराउनुभयो ।