पाँचदिने विकास पत्रकारिता तालिम सम्पन्न

समाज
jl/i7 ;ªuLtsf/ cDa/ u'?ªsf] lgwg af/] hfgsf/L u/fpFg  u|fG8L cGt/f{li6«o c:ktfndf d+ªuaf/  ul/Psf] kqsf/ ;Dd]ngdf pkrf/df ;+nUg lrlsT;s 8f rqm/fh kf08] nufot . tl:a/ M /f]zg ;fksf]6f,/f;;
सोलुखुम्बु, २५ जेठ । हिमाली जिल्ला सोलुखुम्बुमा पाँचदिने विकास पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । 

राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सोलुखुम्बुको आयोजनामा भएको तालिममा स्थानीय एफएम रेडियो तथा पत्रपत्रिकामा कार्यरत २२ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

जेठ २० देखि २४ गतेसम्म सञ्चालित तालिममा आधारभूत पत्रकारिता तथा जिल्लाको विकास सम्भावनालाई कसरी सञ्चारमाध्यममा ल्याउने भन्ने विषयमा छलफल भएको आयोजक संस्था राष्ट्रिय सञ्चार विकास केन्द्रका निर्देशक विष्णु शर्माले जानकारी दिनुभयो ।

तालिमको सहजीकरण पत्रकार तथा साहित्यकार प्रमोद प्रधानले गर्नुभएको थियो । तालिममा सहभागीहरुले दुर्गम जिल्लामा रहेर सिक्दै गरिरहेको पत्रकारितामा तालिम अन्त्यन्तै उपलब्धिमूलक भएको बताए ।