सिँचाइको तिन दिने अन्र्तक्रिया सम्पन्न

समाज

पोखरा, असार २० गते । सिँचाईको दिगो व्यवस्थापन का लागी सहकारीको अवधारणा तथा विकास भन्ने मूल नाराका साथ,सिँचाइ विभाग तथा सिँचाई डिभिजन कार्यालय पश्चिमाञ्चल क्षेत्रिय कार्यलयको आयोजनामा कास्की जिल्लाका ६ वटा प्रणाली फेवा ,वेगनास,सार्दी खोला पुरन्चौर,हेम्जा,विजयपुर र पोखरा जलउपभोक्ता संस्थाका उपभोक्ता समितिका पदाधिकारी उपभोक्ताको प्रतक्ष सभागीतामा शहकारीको माध्यमवाट विद्यमान प्रणालीलाई सुधार गर्ने हेतुले पोखरामा तिन दिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

निमित्त निर्देशक भूपेन्द्र गौचन,कास्की डिभीजन प्रमुख तुलषी राम भट्टराई, सिचाई विभागका राजेन्द्रकुमार थापा,इन्जीनियर गोविन्द भूर्तेल , शहकारी डिभिजन कार्यलयका प्राचार्य वद्रीनाथ अधिकारी, इश्वरी ढकाल,क्षेत्रिय कृषि निर्देशनालयका हृदयनाथ घिमिरे , जिल्ला कृषि विकास कार्यलयका नारायणजँग खत्री , सिचाई डिभीजन कास्कीका मान वहादुर थापा लगाएतल प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।

कार्यक्रमको सँचालन सिचाई विभागका राजेन्द्रकुमार थापाले गरेका थिए । कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो ।