बनेपा, २१ असार – काभ्रेपलाञ्चोकको भूम्लुटार गाविस–६ स्थित सुनकोसी नदीमा हाम फालेर एकजना आज बेपत्ता भएका छन् ।
भक्तपुरको मध्यपुरठीमी–८ का विनोद प्रजापति आफूसँगै आएको साथीलाई चुरोट किन्न पठाएर आफ्नो लुगा, मोबाइल र मोटरसाइकल सडकमा राखेर हाम फालेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी दिनुभयो । भक्तपुरबाट उनीहरू घुम्नका लागि दोलालघाट आएका थिए ।
प्रहरीले उनका साथी राजन प्रजापतिलाई उद्धृत गर्दै ऋण धेरै भएका कारण विनोद लामो समयदेखि तनावमा भएको प्रहरीले जनाएको छ ।