रातो मच्छिन्द्रनाथको रथ साउन ११ बाट तानिने

रातो मच्छिन्द्रनाथको रथ साउन ११ बाट तानिने
समाज

ललितपुर,  साउन ७ गते ।  वर्षा र सहकालका देवताका रूपमा मानिएको रातो मच्छिन्द्रनाथको रथ साउन ११ गतेदेखि तानिने भएको छ ।  राजा नरेन्द्रदेव मल्लको पालादेखि प्रारम्भ भएको रथजात्रा नेपालको सबैभन्दा अग्लो रथ र लामो जात्राका रूपमा परिचित छ ।

लगनखेलको थटिटोलमा रहेको रथलाई उक्त स्थानबाट तानेर सोही दिन जावलाखेल पु¥याउने कार्यक्रम रहेको छ ।  उक्त रथ जावलाखेल पु¥याइएको चौथो दिन हिरामोती जडित बहुमूल्य प्रसिद्ध भोटो देखाउने प्रचलन रहँदै आएको छ ।  मच्छिन्द्रनाथको रथयात्रा पुल्चोकबाट सुरु भएर गाःवहाल, मङ्गलबजार, पाटन सुन्धारा, मिखावहाल, लगनखेल, थटिटोल, कुमारीपाटी हुँदै जावलाखेल पु¥याएर भोटो देखाउने जात्रा सम्पन्न गरिन्छ ।

जहाँ रथ पुग्छ, उक्त स्थानका स्थानीयले सोही दिन भोज खुवाउने चलन रहेको छ । जावलाखेलमा भोटो प्रदर्शन गरेपछि बुँगमतिका स्थानीयले रथबाट मूर्ति भिकी खटमा राखेर परालको मसाल बालेर बुँगमति लैजाने गरिन्छ ।