काठमाडौं, साउन ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की संसदको सुशासन समितिमा अनुपस्थित भएका छन्। उनले स्वास्थ्यको कारण देखाउँदै समितिमा अनुपस्थित भएका हुन्।
समितिको आजको बैठकमा उनी सहित अख्तियार पदाधिकारीलाई सिंहदरबारमा बोलाइएको थियो। कार्कीले समितिमा पत्र भने पठाएका छन्। उनले पठाएको पत्रमा अघिल्लो बैठकमा आफू आउन तयार भए पनि वैठक स्थगित भएको र अहिले आफ्नो घाँटीमा संक्रमण भएकाले सात दिन बोल्न नमिल्ने जनाएका छन्।
अख्तियारका तर्फबाट बैठकमा सचिव शान्तराज सुवेदी, वेगेन्द्रराज शर्मा, कानुनविज्ञ भानुभक्त पोखरेल, प्रवक्ता कृष्णहरि पुष्करलगायत आठ जना उपस्थित छन्। लोकमान बिनानै बैठक सुरू भएको छ।
सुशासन समितिको गत शुक्रबार बसेको बैठकले काठमाडौं विश्वविद्यालयको परीक्षा हस्तक्षेप र समग्र चिकित्सा क्षेत्र विकृतिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संलग्नताबारे जवाफ माग्रन बैठक डाकेको थियो।