आज भएको एक अन्तरकृयामा अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानस्थित नेपालका युवा कूटनीतिज्ञहरूलाई सम्बोधन गर्नुभएको छ ।
सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “सरकार र नेता परिवर्तन भइरहन्छन्, तर हामी कूटनीतिज्ञहरू रहिरहन्छौँ र अप्ठ्यारा विषयवस्तुसँग कहिल्यै हरेस खाँदैनौँ । कूटनीतिज्ञहरू द्विपक्षीय सम्बन्धका बाहक हुन्, जुन सम्बन्ध विचार, आवश्यकता र नेतृत्वको परिवर्तनसँगै अद्यावधिक भए तापनि सामान्यतया स्थिर रहन्छ, एक महिना वा वर्ष मात्रै नभई दशकौँसम्म ।
हामी अझै पनि लोकतन्त्रलाई प्रोत्साहन गर्न र समृद्धिलाई बढावा दिन चाहन्छौँ अनि नेपाल र नेपाली जनताका लागि स्थायित्व सुनिश्चित गर्न चाहन्छौँ, जसरी हामीले विगत २६ वर्षदेखि गर्दै आएका छौँ ।”
फोटो: यु यस एम्बेस्सी, नेपाल