पोखराका वरिष्ठ कलाकार कृष्णप्रसाद श्रेष्ठको निधन

पोखराका वरिष्ठ कलाकार कृष्णप्रसाद श्रेष्ठको निधन
समाज साहित्य

पोखराका वरिष्ठ कलाकार कृष्णप्रसाद श्रेष्ठको ९१ वर्षको उमेरमा मनिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको छ ।

पोखराको बगरस्थित भीमकालीपाटन निवासी श्रेष्ठलाई रोगले च्यापेपछि अस्पताल भर्ना गरिएको थियो । पारिवारिक स्रोतका अनुसार उनि मिर्गौला र मुटु रोगबाट ग्रसित थिए।

राणा कालबाटै चित्र बनाउन थालेका श्रेष्ठले कुनै औपचारिक प्रशिक्षण बिनानै आफ्नै रुचिले चित्र कोर्दै आफ्नो अलग पहिचान बनाएका  थिए । श्रेष्ठ बिशेषत पानी चित्रका बिज्ञ थिए ।

साहित्यकार सरुभक्त चित्रकार श्रेष्ठका चित्र आफैमा अलग र चित्र देखे पछी कस्ले बनाएको हो भनेर भन्नु नपरेको अनुभब सुनाउछन । धर्म र दर्शनमा बिशेष अभिरुचिले गर्दा मुल बिधा चित्रकला भए पनि उनले साहित्यमा पनि कलम चलाउन भ्याएकाले ‘पम्फाको फुल’ प्रकाशन आएको कुरा साहित्यकार सरुभक्त युयस नेपाल न्युजलाई बताउछन ।

पोखरेली साहित्य, कला र समाजमा एक प्रेरक भूमिकामा रहदै आएका श्रेष्ठ अन्तिम समयसम्म पनि साहित्यिक गतिबिधीमा सहभागी भएर नव-साहित्यकारहरुलाई उत्साह थप्थे ।

पोखरेली युवा सांस्कृतिक परिवार का पूर्व अध्यक्ष श्रेष्ठ सम्मानित आजिवन सदस्य हुन् । उनी राष्ट्रिय प्रतिभा पुरस्कार र ललितकला प्रज्ञा पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

चित्रकार कृष्ण मर्सानिले श्रेष्ठको चित्र बनाएर -फेसबुकमा कोरेको चित्र राख्दै श्रध्दान्जली अर्पण गरेका छन ।

 एक अग्रज साहित्यिक ब्यक्तित्वको देहाबसनले  पोखरेली साहित्य, कला र समाजमा अपुरणिय क्षति भएको बताउने साहित्यकार सरुभक्तले यु यस नेपाल न्युजका माध्यमबाट श्रदान्जली दिनु भयो ।

श्रेष्ठको आज शनिबार अन्त्येष्टी गरिने भएको छ ।