नेपालबाट अपहरित बालिका भारतबाट सकुशल मुक्त

समाज

सप्तरी, २ भदौ । सप्तरीको नर्घो गाविसबाट बुधबार बेलुकी अपहरणमा परेकी ७ वर्षकी सन्तोषी मण्डललाई भारतबाट सकुशल मुक्त गरिएको छ । नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा बालिकालाई विहारको मधुवनी जिल्लाबाट मुक्त गरिएको हो । घटनामा संलग्न ७ जनाको पहिचान भैसकेको र उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।